२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमती सभापतिमा लामिछाने र अर्यालबीच प्रतिस्पर्धा

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो प्रदेश अधिवेशन आज (मंगलबार) देखि सुरु हुँदैछ । प्रादेशिक अधिवेशनको उद्घाटन बागमती प्रदेशको राजधानी हेटौंडाबाट गर्न लागिएको हो ।

हेटौंडास्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ । वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरेपछि रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न लागेको हो ।

बागमती प्रदेश सभापति पदका लागि हालका सभापति डा. अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्याल प्रतिस्पर्धामा उत्रिने भएका छन् । दुवै पक्षले प्यानलसहित चुनावी तयारी गरिरहेको बताइएको छ ।

डा. लामिछानेले पुनः सभापतिमा दोहोरिने इच्छा व्यक्त गरेका छन् भने अर्यालले पनि नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

उपसभापति पदमा डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी देखिएका छन् । महामन्त्रीमा हालका महामन्त्री सुरेन्द्र भट्ट पुनः उम्मेदवार बन्ने तयारीमा छन् ।

रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ । समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तासहितका पदाधिकारी रहने व्यवस्था छ । सहमहामन्त्री भने फरक–फरक लिङ्गका हुनुपर्ने प्रावधान रहेको छ ।

निर्वाचन भएमा पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चयन हुनेछ । त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट अन्य पदाधिकारी चयन गर्न दोस्रो चरणको मतदान गरिने व्यवस्था छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ६ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट