२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

गृहमन्त्रीमा सुधनको ‘कमब्याक’ आजै सपथ

मंगलवार , जेठ २६, २०८३

काठमाडौ / पुुर्व गृहमन्त्री सुधन गुरुङको पुनः गृहमन्त्रालयमा कमब्याक हुने भएको छ । सुधन को विषयमा छानबिन गर्न बनेको समितिले प्रतिवेदन दिएको दुइ दिन पछि नै उनी पुन गृहमन्त्री बन्न लागेका हुन् । गुरुङको आज दिउँसो ३ बजे सपथग्रहणको कार्यक्रम तय भएको छ ।

सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यावसायी दिपक भट्टसँगको साझेदारीतामा गुुरुङको पनि संलग्नता को चर्चापछि गुरुङले गृहमन्त्री पदबाट बैशाख ९ गते राजिनाम दिएका थिए ।  सरकारले  उच्च अदालत पाटनका पुर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले ४५ पृष्ठको प्रतिवेदन आवश्यक अध्ययन, कागजात परीक्षण र सम्बन्धित व्यक्तिहरूको बयानपछि तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहालाई आइतबार बुझाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।

समितिको प्रतिवेदन पछि प्रधानमन्त्री बालेन्द्र शाहा र रास्वपा ससभापति रबि लामिछाने बिच छलफल भएको थियो । छानबिन समितिले नै क्लीन चिट दिएपछि दुवै नेता गुरुङलाई गृहमा पर्काउन तयार भएका थिए । सोमबार मात्रै गोरखामा रास्वपाको अधिवेशनमा पुगेका गुुरुङले आफु पुन मन्त्री बन्न लागेको संकेत दिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट