२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन : अध्यक्षमा दोलखाका भण्डारी

मंगलवार , जेठ २६, २०८३

काठमाडौं / सरकारले लामो समयदेखि आन्तरिक विवाद र नेतृत्व संकटमा रहेको नेपाल रेडक्रस सोसाइटी मा नयाँ तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयलाई रेडक्रसभित्र देखिएको नेतृत्व विवाद, संस्थागत अन्योल तथा नियमित महाधिवेशन हुन नसकेको अवस्थाको समाधानका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । तदर्थ समितिलाई संस्थाको दैनिक प्रशासन सञ्चालन गर्नुका साथै संगठनलाई विधिसम्मत ढंगले अगाडि बढाउने  र नयाँ अधिवेशन सम्पन्न गर्नै जिम्मेवारी दिइएको छ । 

नेपाल रेडक्रस सोसाइटी विगत केही वर्षदेखि नेतृत्व चयन, आन्तरिक व्यवस्थापन तथा संगठन सञ्चालनसम्बन्धी विषयमा विवादमा पर्दै आएको थियो। विवादका कारण संस्थाका कतिपय कार्यक्रम तथा निर्णय प्रक्रियासमेत प्रभावित भएका थिए। यसले मानवीय सेवा, विपद् व्यवस्थापन तथा रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण क्षेत्रमा समेत असर पर्दै आएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट