२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मध्य पूर्व द्वन्द्वको कारण अमेरिकामा हवाई ईन्धनको लागतमा उल्लेख्य वृद्धि

मंगलवार , जेठ २६, २०८३

न्युयोर्क (अमेरिका)/सिन्ह्वा । अमेरिकी इएरलाइन्सले अप्रिल महिनामा इन्धन लागतमा लगभग छ अर्व ५० करोड अमेरिकी डलर भुक्तान गरेको जनाएको छ भने जुन महिनामा २६ प्रतिशत भन्दा बढी र एक वर्षमा ७८ प्रतिशतले लागत बढेको जनाइएको छ ।

मध्य पूर्व द्वन्द्वले पछिल्लो एक सय दिनमा चरम सीमा पार गरेको कारण यस्तो अवस्था आएको अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन स्ट्याटिस्टिक्स (विटिएस) ले जनाएको छ ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) ले जारी गरेको रिपोर्टमा यस वर्ष एयरलाइन्सले २३ अर्ब डलर शुद्ध नाफा हासिल गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो प्रक्षेपण भन्दा १८ अर्ब डलर कम हो ।

अमेरिका लगायत विश्वभरका ३७० भन्दा बढी एयरलाइन्सको प्रतिनिधित्व गर्ने आईएटीएले प्रति यात्रु शुद्ध नाफा २०२५ मा ९.१० डलर रहेकोमा घटेर यस वर्ष ४.५० डलरमा झर्ने अपेक्षा गरेको छ ।

इरान द्वन्द्व र बढ्दो इन्धन लागतले “एयरलाइन्सको दृष्टिकोणलाई अझै खराब बनाएको आइएटिएका महानिर्देशक विली वाल्सले प्रतिवेदनमा उल्लेख गरेका छन् । उच्च इन्धन लागतका कारण, अमेरिकी कम्पनी स्पिरिट एयरलाइन्सले मे महिनाको सुरुमा सेवा सञ्चालन बन्द गरेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट