२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

राष्ट्रियसभामा पनि सांसदहरुको अबरोध, बैठक स्थगित

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा पनि अबरुद्ध भएको छ । 

मंगलबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक जेठ २८ गते बस्नेगरी स्थगित गरिएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्रले सीमामा रहेका दुबै देशतर्फका नागरिकले एक–अर्कोदेशमा खेतीपाती गरेको देखिएपनि नेपालले भारतको सीमा भने नमिचेको बताए । सीमा विवाद सम्बन्धी अति संवेदनशील बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपतिजनक भएको उनले बताए । उनले प्रधानमन्त्री स्वयं सदनमा आएर यस बिषयमा स्पष्ट पार्न माग गरे । 

सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए । तर बिरोध कायमै रहेपछि उनले  जेठ २८ गते बस्नेगरी बैठक स्थगित गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट