काठमाडौ / नेकपा एमालेको सुझाव कार्यदलको बैठक पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकले पार्टी संगठन सुदृढीकरण तथा समसामयिक सुझाव सङ्कलनका लागि देशव्यापी रूपमा विभिन्न प्रदेश तथा संरचनागत निकायहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले सबै प्रदेश तहमा छलफल र नेता कार्यकर्ताहरुसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ । बैठकले वागमती प्रदेशमा जेठ ३०,कोशी असार २, लुम्बिनी असार ४ र सुदुरपश्चिममा असार ६ गते सुझाव संकलनका लागि टोली खटिने छ ।
त्यस्तै कर्णाली असार ८,गण्डकी असार ११, मधेश असार १३,राजधानी असार १६,सम्र्पक असार १७ गतेका लागि तोकिएको छ । जनसंगठन, र विभागका प्रमुख तथा पदाधिकारीहरुसँग पनि कार्यदलले सुझाव लिने कार्यक्रम तय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
प्रदेश भेलामा सम्बन्धित भूगोलका जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको सहभागिता रहनेछ, कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका प्रदेश इन्चार्जहरूले गर्ने महासचिव पोखरेलले बताए । बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी महासचिव पोखरेललाई दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस