काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सुरु हुन लागेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् । यसअघि लिखित शुभकामना सन्देश जारी गरेका थापा रास्वपाको निमन्त्रणा स्वीकार गर्दै आफैँ महाधिवेशनस्थल पुग्न लागेका हुन् ।
सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार चितवनमा आयोजना हुने रास्वपाको विशेष उद्घाटन समारोहमा थापाले ब्याक–स्टेज नभई मञ्चबाटै आफ्नो र पार्टीका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यक्रम तय भइसकेको छ ।
रास्वपाले आफ्नो यस पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय राजनीतिको एकता र संवादको थलोका रूपमा प्रस्तुत गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाएको थियो । सोही निमन्त्रणाअनुसार कांग्रेस सभापति थापा उद्घाटन सत्रमा सहभागी हुन चितवन जान लागेका हुन् ।
रास्वपाको बहुप्रतीक्षित प्रथम महाधिवेशन आजै चितवनको गेष्टहाउस चौरमा विशेष समारोहका बीच उद्घाटन हुँदैछ । वर्षाका कारण समारोहस्थल जलमग्न भए पनि अहिले पानी र हिलो व्यवस्थापनको काम युद्धस्तरमा सकेर उद्घाटनको तयारी पूरा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस