चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवन कार्यक्रममा स्थानीय दुग्ध उत्पादनको बिक्री तथा प्रवर्द्धन भइरहेकाे छ। महाधिवेशनमा सहभागी प्रतिनिधि तथा आगन्तुकहरूबीच गर्मी छल्नका लागि मोहीको माग उल्लेख्य रूपमा बढेको छ।
कार्यक्रम स्थलमा दुग्ध विकास संस्थान र स्थानीय दुग्ध सहकारीहरूको सहकार्यमा मोही, दही तथा अन्य दुग्धजन्य पदार्थहरू बिक्री तथा वितरण गरेका छन्। गर्मी मौसमका कारण मोही विशेष रूपमा लोकप्रिय बनेको महाधिवेशनमा सहभागी सुजितकुमार श्रेष्ठले बताए ।
यता सहकारीका प्रतिनिधिहरूका अनुसार राजनीतिक कार्यक्रमको भीडभाडबीच स्वदेशी उत्पादनको उपभोग बढ्नु सकारात्मक संकेत हो। मही विक्री गरिरहेका रमेश चाैधरीले “यस्ता ठूला कार्यक्रमले स्थानीय उत्पादनलाई सीधा बजार र उपभोक्तासम्म पुर्याउन मद्दत गर्ने बताए।
महाधिवेशन स्थलमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको यो पहलले स्थानीय किसान र दुग्ध उत्पादकहरूलाई थप उत्साह मिलेको उनकाे भनाइ छ। आयोजकहरूले पनि कार्यक्रमसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस