२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

रास्वपा महाधिवेशन : मधेशबाट ५९२ प्रतिनिधि, २४ जना सभापतिद्वारा मनोनीत

सोमवार , आषाढ ८, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि मधेश प्रदेशबाट ५९२ जना प्रतिनिधि छनोट भएका छन्।

आन्तरिक विवाद र संगठनात्मक समस्याका कारण मधेश प्रदेश तथा त्यसअन्तर्गतका केही जिल्लामा अधिवेशन समयमै सम्पन्न हुन नसक्दा प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएको थियो। त्यसपछि पार्टीले विशेष व्यवस्था गर्दै प्रतिनिधि टुंगो लगाएको हो।

रास्वपाले मधेश प्रदेशका विभिन्न तहबाट छनोट भएका तथा सभापतिद्वारा मनोनीत प्रतिनिधिहरूको नामावली निर्वाचन समितिलाई बुझाइसकेको जनाएको छ। कुल ५९२ प्रतिनिधिमध्ये २४ जना सभापतिले मनोनीत गरेका छन् भने २० जना समायोजन प्रक्रियामार्फत चयन भएका छन्।

बाँकी प्रतिनिधिहरू केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति तथा प्रदेशस्तरीय संरचनाबाट छनोट भएका हुन्। महाधिवेशनमा मधेश प्रदेशबाट पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा समेत प्रतिनिधिका रूपमा सहभागी छन्।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्ष तथा समानुपातिकतर्फका पूर्व उम्मेदवारहरूलाई पनि प्रतिनिधिको रूपमा समावेश गरिएको छ।

रास्वपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट