२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्तिप्रति पोखरेलको व्यङ्ग्य: ‘जान्नेलाई छान्ने’को गज्जबको तरिका

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापाको नियुक्तिप्रति कडा व्यङ्ग्य गर्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन्द्र शाहले बुधबार पूर्वसचिव थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको कार्यशैलीको आलोचना गरेका हुन् ।

महासचिव पोखरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र शाहसँगै उम्मेदवार रहेका व्यक्तिलाई अध्यादेशमार्फत पद रिक्त गराई रणनीतिक रूपमा नियुक्त गरिएको दाबी गरेका छन् । सरकारको यस्तो कदमले उसको दोहोरो चरित्र उजागर गरेको पोखरेलको आरोप छ ।

सञ्जालमा उनले लेखेका छन्, विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकार, अहिले आफ्ना निकट व्यक्तिलाई महत्वपूर्ण पदमा नियुक्त गरेर आफ्नो वास्तविक नियत देखाउँदैछ ।

राजनीतिक हस्तक्षेप अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पुराना पदाधिकारी हटाउने र त्यसपछि आफ्नै पक्षका व्यक्तिलाई भित्र्याउने कार्यलाई पोखरेलले गजबको तरिका भन्दै टिप्पणी गरेका छन् । उनले वर्तमान सत्तापक्षले चुनावमा अघि सारेको ‘जान्नेलाई छान्ने’ नाराको वास्तविक र कुरूप रूप यही नै भएको दाबी गरे ।

त्रिवि सेवा आयोगको अध्यक्ष जस्तो गरिमामय पदमा अध्यादेशको सहारा लिएर गरिएको यो नियुक्तिले विश्वविद्यालयमा झन् ठूलो राजनीतिकरण निम्त्याउने भन्दै एमालेले यसप्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट