२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

रास्वपाले ल्यायो 'पल्स आरएसपी' डिजिटल प्रणाली, सांसदका गतिविधि र जनगुनासोको अनलाइन अनुगमन हुने

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘पल्स आरएसपी’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ । 

उक्त नयाँ प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई जानकारी गराउन तथा साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्न असार १९ गते शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । 

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रत्येक संसद् बैठक सकिएलगत्तै सांसदहरूले आफ्ना गतिविधि अनिवार्य रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ ।

यस डिजिटल माध्यमबाट सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग गर्न सकिने, संसद्मा उठाइने विषयवस्तु प्रणालीमै अभिलेख गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, जनभेटघाट र अन्य राजनीतिक गतिविधिको विवरण पनि सोही डिजिटल पानामा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यस प्रणालीको सबैभन्दा मुख्य विशेषता नागरिक केन्द्रित हुनु हो । अब आम सर्वसाधारणले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यममार्फत सीधा आफ्ना गुनासा, सुझाव तथा समस्याहरू दर्ता गर्न सक्नेछन् । आफूले दर्ता गराएका गुनासाहरूको सुनुवाइ कुन चरणमा पुग्यो भनेर नागरिक आफैँले अनलाइनबाटै हेर्न सक्ने सुविधासमेत यसमा छ ।

जनताका ती गुनासाहरू समाधान गरे/नगरेको आधारमै सांसदहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने व्यवस्था यस प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट