२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

विश्व योग दिवस : योगलाई राष्ट्रिय नीति र पाठ्यक्रममा समेट्न राष्ट्रपतिको आग्रह

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक जीवनको बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट मुक्त हुनका लागि योगलाई दैनिक जीवनशैलीका रूपमा अपनाउन सम्पूर्ण नेपालीहरूमा आग्रह गरेका छन् । बाह्रौँ विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले योग केवल शारीरिक व्यायाम मात्र नभई शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र र वैज्ञानिक मानवीय जीवनपद्धति भएको कुरामा जोड दिएका छन् ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले योगको महत्त्वलाई संस्थागत रूपमै अगाडि बढाउन सरकारसँग आग्रह गरेका छन् । उनले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप ठोस कार्यहरू गर्न आवश्यक रहेको औँल्याए ।

ऐतिहासिक एवं पुरातात्विक तथ्यहरूले हाम्रो मुलुक आदिमकालदेखि नै योगभूमिका रूपमा रहेको पुष्टि गरिसकेको स्मरण गराउँदै उनले यो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताए ।

राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गरेका छन् ।

ूयोग अभ्यासबाट दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली सुदृढ हुन्छ । यसले सकारात्मक सोचको विकास गराई मानिसलाई ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ डोर्‍याउँछ, राष्ट्रपतिको सन्देशमा भनिएको छ, तसर्थ, स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बन्न योग अपरिहार्य छ ।

विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने यस विशेष दिवसले सम्पूर्ण नेपालीमा सकारात्मक ऊर्जा प्रदान गर्दै शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ तथा सुखी रहन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ट्रेन्डिङ