२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशनस्थल गेष्टहाउस चौर जलमग्न: पानी तानिएपछि हिलो पुर्न बालुवा र गिट्टी हाल्न थालियो

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन उद्घाटन हुन अब केही घण्टा मात्र बाँकी रहँदा समारोहस्थलको हिलो र पानी व्यवस्थापन गर्न आयोजकले आपत्कालीन कार्य तीव्र पारेको छ ।

83659568-50fb-4163-8d2b-9bda6bd665b2.jpg

चितवनको गेष्टहाउस चौरमा निर्माण गरिएको मुख्य छानोसहितको ह्याङ्गरभित्र वर्षाको पानी जमेर जलमग्न भएपछि अहिले मोटरबाट पानी निकाल्ने र हिलोमा बालुवा–गिट्टी हाल्ने काम भइरहेको छ ।

280ba07c-1e7e-434c-aaa5-fdfde6dc55b6.jpg

होचो भूभाग भएकाले केही बेरको वर्षाले नै मुख्य ह्याङ्गरभित्र गोलीगाँठोसम्म पानी जमेको थियो । स्वयंसेवकहरूले मोटर प्रयोग गरेर पानी बाहिर फालेलगत्तै बाँकी रहेको हिलो र ओसिलो भुइँलाई बस्न योग्य बनाउन ट्याक्टर र ट्रकमा बालुवा तथा गिट्टी ल्याएर चौरमा हाल्ने र सम्याउने काम भइरहेको छ ।

6c3fd5c9-55bf-4b85-a1ff-c1ec18977ced.jpg

करिब ५ हजार जना अट्ने क्षमता रहेको ७५ मिटर लामो र २० मिटर चौडा उक्त मुख्य ह्याङ्गरभित्र पाहुना र प्रतिनिधिहरू बस्ने कुर्सीहरू राख्नुअघि जमिन सुकाउनु पर्ने चुनौती आयोजकसामु छ । दिउँसो २ बजे उद्घाटन सत्र सुरु हुने तालिका रहेकाले स्वयंसेवक र  नेता–कार्यकर्ताहरू युद्धस्तरमा बालुवा र गिट्टी बिछ्याउन खटिएका छन् ।

bc0763e2-510f-4308-b1a4-8bdb57455adf.jpg
1a47670e-4625-4179-a97e-46581ca6fbaf.jpg
b5c4b639-7705-4dd1-a85c-c35fdf139d04.jpg
babe4960-9c8d-468a-88e7-cc0cf8222da4.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ट्रेन्डिङ