२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

तारापानी राहत प्रकरणबारे अध्यक्ष शाहीको स्पष्टीकरण, भ्रामक प्रचारप्रति आपत्ति

आइतवार , आषाढ ७, २०८३

मुगु । सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले तारापानी बाढीपीडित राहत रकम हिनामिनासम्बन्धी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार तथा अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अध्यक्ष शाहीले प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल खोज खबर डटकम’ मा प्रकाशित समाचार तथा त्यसको आधारमा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरू कपोलकल्पित, भ्रामक, पूर्वाग्रही र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका छन्।

विज्ञप्तिअनुसार २०७९ साल असोजमा आएको बाढीबाट प्रभावित सोरु गाउँपालिकाका पीडितहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले इन्द्रेणी फाउन्डेसनमार्फत प्राप्त ५ लाख रुपैयाँको चेक गाउँपालिका अध्यक्षको हैसियतमा आफूलाई हस्तान्तरण गरिएको बताएका छन्।

उनले उक्त रकममध्ये तत्काल राहत आवश्यक भएका ११ पीडित परिवारलाई वितरण गरिएको जानकारी दिएका छन्। जसअनुसार ९ परिवारलाई जनही २० हजार रुपैयाँ र २ परिवारलाई जनही १० हजार रुपैयाँका दरले कुल २ लाख रुपैयाँ वितरण गरिएको उल्लेख गरिएको छ।

बाँकी ३ लाख रुपैयाँ सीमित रकमका कारण सबै पीडितलाई समान रूपमा वितरण गर्न कठिनाइ भएपछि गाउँकार्यपालिकाबाट थप बजेट व्यवस्थापन गरी एकमुष्ट वितरण गर्ने उद्देश्यले सुरक्षित राखिएको र पछि गाउँपालिकाको खातामा दाखिला गरिएको अध्यक्ष शाहीको दाबी छ। उक्त रकम बैंकमा जम्मा गरिएको प्रमाण तथा लाभग्राहीहरूको विवरणसमेत सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ।

67c51eb2-1176-4121-ba12-f3431483a21e.jpg

अध्यक्ष शाहीले आफ्नो व्यक्तिगत चरित्र, राजनीतिक छवि तथा पदीय जिम्मेवारीमाथि आँच पुर्‍याउने उद्देश्यले एकतर्फी रूपमा समाचार सम्प्रेषण गरिएको आरोप लगाएका छन्। उनले तथ्य र प्रमाण नबुझी गरिएका प्रचारबाजीले संस्थागत मर्यादामाथि आघात पुगेको बताएका छन्।

साथै, यस्ता भ्रामक र आधारहीन सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्ति वा संस्थाविरुद्ध आवश्यक परे कानुनी र साइबर अपराध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएका छन्।

अध्यक्ष शाहीले सम्पूर्ण सोरुवासीलाई आधिकारिक तथ्य र प्रमाणका आधारमा मात्रै धारणा बनाउन आग्रह गर्दै भ्रामक समाचारको भ्रममा नपर्न अपिल गरेका छन्।

9690e6f0-0fea-4032-8a01-0916180cb9a0.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ