काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।
चितवनमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बदलिएको परिस्थितिले आफूहरुलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको उनले बताए । लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको रास्वपाले जगेर्ना गर्ने उनले बताए ।
उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए ।
त्यस्तै, उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन पनि आग्रह गरे । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका भन्दै सबै दल ठिक हुनुपर्ने उनले बताए । आफ्नो दलको मात्र नभई अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए देश एउटा राम्रो बाटोमा जाने उनले बताए ।
सभापति लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताए बताउँदै सरकार चलाउने जिम्मा बालेनकै भएको बताए ।
प्रतिक्रिया दिनुहोस