२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

रास्वपा महाधिवेशनः सिन्धुपाल्चोकबाट सांसदसहित चार जनाले केन्द्रीय सदस्यमा दाबी

सोमवार , आषाढ ८, २०८३

काठमाडौं / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सिन्धुपाल्चोकबाट सांसदसहित चार जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का सांसद भरत पराजुलीले भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी पुस्ताका लागि सकारात्मक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसहित आफू उम्मेदवार बन्न लागेको उनले बताएका छन्।

त्यसैगरी, पार्टी सभापति रवि लामिछानेसँग विभिन्न आन्दोलन तथा अभियानमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रमोद न्यौपानेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भए पदाधिकारीमा समेत दाबी गर्ने उनको भनाइ छ। रास्वपाको समानुपातिक सूचीमा अग्रस्थानमा रहे पनि उनी सांसद बन्न भने सकेका थिएनन्।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अजय श्रेष्ठले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् साथै रास्वपाका महाधिवेशनमा सनत अधिकारीले समेत केन्द्रीय सदस्यका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट