चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार यस अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरका वस्तु विदेशबाट आयात गरेको छ, जुन अघिल्लो वर्षभन्दा १५.१६ प्रतिशतले बढी हो।
यता, निर्यात पनि बढेको छ। ११ महिनामा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरका वस्तु विदेशमा निर्यात गरेको छ, जुन गत वर्षको तुलनामा १२.२८ प्रतिशतले बढी हो।
तर आयातको तुलनामा निर्यात निकै कम भएकाले व्यापार घाटा अझै बढेको देखिन्छ।
आयात–निर्यात अनुपात गत वर्ष ६.६४ रहेकोमा यस वर्ष ६.८१ पुगेको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशतबाट घटेर १२.०२ प्रतिशतमा झरेको छ भने आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।
प्रतिक्रिया दिनुहोस