२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

विष्णु पौडेल पक्राउ प्रकरण– एमालेले भन्यो विपक्षी दललाई दबाउने अभियान सुरु भयो

सोमवार , आषाढ ८, २०८३

काठमाडौं / नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै त्यसलाई गैरकानुनी, अलोकतान्त्रिक र राजनीतिक प्रतिशोधको कदम भएको जनाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा एमालेले पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला पौडेललाई सरकारले गैरकानुनी ढंगले नियन्त्रणमा लिएको उल्लेख गर्दै उक्त कदमको घोर निन्दा र भत्र्सना गरेको छ।

c35290c3-c4b8-4d54-b1f5-8b0a15423f1d.jpg

वक्तव्यमा एमालेले आफू सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको दाबी गर्दै वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि अख्तियार गरिरहेको राजनीतिक व्यवहारलाई अस्वाभाविक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण भनेको छ।

एमालेका अनुसार उपाध्यक्ष पौडेलको पूर्वनिर्धारित कार्यतालिका रहेको र आवश्यक परे कानुनी प्रक्रिया अपनाएर सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै पक्राउ गर्नु लोकतान्त्रिक अभ्यास विपरीत भएको दाबी गरिएको छ।

पार्टीले सार्वजनिक पद सम्हालेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वमाथि ‘सानो स्वार्थ र राजनीतिक खपत’ का लागि गरिएको व्यवहार स्वीकार्य नहुने चेतावनी दिएको छ।

एमालेले पछिल्लो घटनालाई विपक्षी दलमाथिको दबाब र राजनीतिक प्रतिशोधको निरन्तरता भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ।

साथै, वक्तव्यमार्फत सरकारले अपनाएको भनिएको स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न पनि आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट