२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

प्रतिनिधि कार्डमै अल्झियो रास्वपा महाधिवेशन : बन्द सत्र अन्तिम समयमा स्थगित

सोमवार , आषाढ ८, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सुरु हुने तय भएको बन्द सत्र अन्तिम समयमा स्थगित गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु तथा प्रतिनिधि कार्ड छपाइ कार्य अपेक्षाभन्दा बढी समय लागेपछि कार्यक्रमको समय सारिएको पार्टीले जनाएको छ।

1000083829.jpg

रास्वपाले जारी गरेको सूचनाअनुसार छापिएका प्रतिनिधि कार्ड आज साँझ ७ बजेदेखि वितरण गरिनेछ भने बाँकी कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिने व्यवस्था गरिएको छ। कार्ड वितरण प्रक्रिया सम्पन्न भएपछि मात्र बन्द सत्र सञ्चालन गरिने जनाइएको छ।

पार्टीले महाधिवेशनलाई आफ्नो सर्वोच्च निर्णय गर्ने निकायको प्रक्रिया भएकाले प्रतिनिधिको प्रमाणीकरणमा कुनै विवाद वा अन्योल नहोस् भन्ने उद्देश्यले समय व्यवस्थापन गरिएको स्पष्ट पारेको छ।

यसबाट प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा परेको असुविधाप्रति क्षमायाचना गर्दै रास्वपाले धैर्यता, संयमता र सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको छ।

महाधिवेशनको पहिलो दिनमै प्रतिनिधि प्रमाणीकरण र व्यवस्थापन चुनौतीपूर्ण बनेपछि बन्द सत्र पछाडि धकेलिएको हो। अब प्रतिनिधि कार्ड वितरण सम्पन्न भएपछि सुरु हुने बन्द  राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश हुने रास्वपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट