२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

आज २०८३ साल असार ९ गते मंगलबार, आजको राशिफल कस्तो छ ?

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । २०८३ साल असार ९ गते मंगलबार सन् २०२६ जुन २३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन सामान्य छ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। सानो कुराले अप्ठेरो परिस्थिति सिर्जना हुने जोखिम छ। लगानीका क्षेत्रमा अवरोध सिर्जना हुनेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

वृष : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। आफ्नो कामबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोल्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा खुशी मिल्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मिथुन : दिन राम्रो छ । दिन रमाइलो भए पनि काम गर्दा सचेत बन्नु उचित हुन्छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन खुशी बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

कर्कट : दिन सामान्य छ । सम्पत्तिको सदुपयोग गर्नुहोला। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा साथीको साथ मिल्नेछ। स्वास्थ्यमा समस्या भए पनि परिवारले राम्रो साथ दिनेछ।

सिंह : दिन राम्रो छ । भाग्यले साथ दिनेछ । शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउन सकेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज सोचेका काम बन्ने योग परेको छ।

कन्या : दिन राम्रो छ । परिवारको व्यवहारले मन शान्त बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलताका लागि मेहनतको भने खाँचो देखिन्छ। परिवारको साथमा घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य छ । आज लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीबाटै आक्रमण हुने भएकाले आफ्नो हितमा सोच्ने साथी पहिचान गर्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : काम गर्दा सोचेर गर्नु उचित हुन्छ । साथीबाट सहयोग हुने छ। स्वास्थ्यमा सुधार हुने दिन छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा भने अगाडि नबढ्नु राम्रो हुन्छ। आज केही सुखद् खबर सुनिनेछ।

धनु : दिन राम्रो छ। बोलीमा सरस्वतीको बास रहेको छ। यस्तो बोली परोपरकारका लागि प्रयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। कतै घुमफिरको योजना बन्न सक्छ। शिक्षामा सुधार हुनेछ ।

मकर : शुभ दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा मेहनतको खाँचो देखिन्छ। प्रगति भए पनि ढिला मात्र हुने भएकाले मेहनतको खाँचो परेको हो। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । हरेक क्षेत्रमा जोगिएर काम गर्नु उचित हुन्छ । साथीले तपाईंको पक्षमा काम गर्नेछन्। सानो भनेर रोगलाई कमजोर ठानेमा सताउने जोखिम रहेको छ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : सोचेर बोल्नुपर्ने समय छ । सञ्चित धन खर्च हुनेछ। आफन्तले कुरा काट्दा मन दुख्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट