२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

इन्धन आयातमा अर्बाैँ खर्च !

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मुलुकले इन्धन आयातमा अर्बाैँ खर्च गर्नु परेकाे छ । 

भन्सार विभागका अनुसार सबैभन्दा बढी आयात भएको समूह मिनरल फ्युल, खनिज तेल तथा तिनका उत्पादनहरू रहेको छ। यस समूहअन्तर्गत मात्रै ३ खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यसमध्ये डिजेल सबैभन्दा बढी आयातित वस्तु बनेको छ, जसको आयात मूल्य १ खर्ब ५२ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै पेट्रोल ६८ अर्ब १८ करोड रुपैयाँ र एलपीजी खाना पकाउने ग्यास ५२ अर्ब २९ करोड रुपैयाँ बराबर आयात भएको छ।

दोस्रो ठूलो आयात समूह जनावर वा वनस्पतिजन्य चिल्लो तथा तेलहरू रहेको छ, जसको आयात १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यस समूहअन्तर्गत कच्चा भटमासको तेल मात्रै १११ अर्ब ६३ करोड रुपैयाँ बराबर आयात भएको छ।

त्यसैगरी बोइलर, मेसिनरी तथा मेकानिकल उपकरणहरू १ खर्ब ४० अर्ब ९ करोड रुपैयाँ, फलाम तथा स्टील १३२ अर्ब ५२ करोड रुपैयाँ तथा विद्युतीय मेसिनरी र उपकरणहरू १२५ अर्ब ७२ करोड रुपैयाँ बराबर आयात भएका छन्। प्रमुख आयातित वस्तुहरूमा स्पन्ज आइरन ५३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

निर्याततर्फ भने जनावर वा वनस्पतिजन्य चिल्लो तथा तेलहरू सबैभन्दा ठूलो समूह बनेको छ। यस समूहको कुल निर्यात १ खर्ब ३२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। निर्यातित वस्तुमध्ये प्रशोधित भटमासको तेल (कच्चा बाहेक) अगाडि रहेको छ, जसको निर्यात मूल्य १ खर्ब २३ अर्ब १८ करोड रुपैयाँ छ।

यस्तै कफी, चिया, माटे तथा मसलाजन्य वस्तुहरू २७ अर्ब २१ करोड रुपैयाँ, मानवनिर्मित स्टेपल फाइबर १२ अर्ब ८६ करोड रुपैयाँ तथा गलैंचा र कपडाका भुईँ ढाक्ने वस्तुहरू १० अर्ब ६८ करोड रुपैयाँ बराबर निर्यात भएका छन्। प्रमुख निर्यातित वस्तुहरूमा ठूलो अलैंची १२ अर्ब २ करोड रुपैयाँ, उनी गलैंचा तथा फ्लोर कभरिङ ९ अर्ब ३८ करोड रुपैयाँ, प्रशोधित सूर्यमुखी तेल ७ अर्ब ११ करोड रुपैयाँ र प्रशोधित पाम ओलिन ६ अर्ब ५४ करोड रुपैयाँ रहेका छन्।

समीक्षा अवधिमा नेपालको व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट