काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेले आज आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सचिवालय बैठक साँझ ६ बजे गुण्डु अध्यक्ष केपी ओली निवासमा बस्नेछ। बैठकमा पछिल्लो घटनाक्रम, पार्टीको धारणा तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने आचार्यले जानकारी दिए ।
यसैबीच, एमाले संसदीय दलको बैठक पनि आजै बस्ने भएको छ। संसदीय दलको बैठक च्यासल पार्टी मुख्यालयमा आयोजना गरिएको छ। बैठकमा संसद्भित्र र बाहिर पार्टीले अपनाउने रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
उपाध्यक्ष पौडेलको पक्राउपछि एमालेले घटनालाई गम्भीर रूपमा लिँदै पार्टीका दुवै प्रमुख संयन्त्रको बैठक एकै दिन बोलाएको हो।
प्रतिक्रिया दिनुहोस