२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

एकैदिन सुन तोलामा तीन हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र एक तोला चाँदी रु चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।
 
त्यसैगरी, गत सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो ।
 
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट