चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्य चयनका लागि मतदान हुने तयारी भइरहेका बेला पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किएका छन्।
भरतपुर विमानस्थलबाट परिवार र राजनीतिक सल्लाहकारसहित काठमाडौं प्रस्थान गरेका शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा मतदान नगरी फर्किएका हुन्।
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय उम्मेदवार प्रतिस्पर्धामा छन्। विद्युतीय मतदानको तयारी भए पनि मतदान सुरु हुने समय अझै टुंगो लागिसकेको छैन।
महाधिवेशनको पहिलो चरणमा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। उनलाई प्रस्ताव गर्ने व्यक्ति प्रधानमन्त्री शाह नै थिए।
प्रतिक्रिया दिनुहोस