काठमाडौं / भिसा तथा राहदानीको वैध अवधि समाप्त भएपछि पनि गैरकानुनी रूपमा नेपालमा बसोबास गर्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौंको डल्लु र सीतापाइला क्षेत्रमा सञ्चालनमा रहेका कपडा उद्योग तथा कारखानामा काम गर्दै आएका उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये केहीको राहदानी (पासपोर्ट) अवधि सकिएको तथा केहीले पर्यटक भिसाको अवधि नवीकरण नगरी नेपालमै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस