२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

देउवा समूहको प्रादेशिक यात्राको आज बिट मारिँदै: अन्तिम भेला दाङको लमहीमा

मंगलवार , आषाढ १६, २०८३

रूपन्देही । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि आन्तरिक रूपमा सक्रिय रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो अन्तिम प्रदेशस्तरीय भेला आज (मंगलबार) दाङको लमहीमा आयोजना गर्दैछ । यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको लुम्बिनी प्रदेशको यो भेला आज सम्पन्न हुन लागेको हो ।

पार्टीभित्र बृहत् एकता कायम गर्ने, विशेष महाधिवेशनका कारण मूलधारबाट बाहिरिएका तथा निराश बनेका नेता–कार्यकर्ताहरूलाई पुनः पार्टीको मूल प्रवाहमा फर्काउने र समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्ने उद्देश्यसहित देउवा समूहले सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।

छ वटा प्रदेशमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिसकेको देउवा समूहले आज लमहीमा हुने भेलासँगै आफ्नो प्रदेशस्तरीय सांगठनिक अभियानको श्रृंखलालाई टुङ्ग्याउन लागेको हो । 

निवर्तमान सभापति शेरबहादुर देउवा हाल विदेश भ्रमणमा रहेकाले यस समूहको राजनीतिक गतिविधि र भेलाको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्दै आएका छन् । 

प्रभावशाली नेताहरूले धार परिवर्तन गरेको अवस्थामा लमहीमा हुन लागेको यो भेलालाई देउवा समूहले लुम्बिनी प्रदेशमा आफ्नो शक्ति कायम राख्ने र कार्यकर्ताको मनोबल उच्च बनाउने रणनीतिका रूपमा हेरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट