काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठक सकिएको छ ।
रास्वपा प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय समिति बैठक बसेको हो ।
उक्त बैठकले पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गर्ने काम भएको छ । बैठकले निर्वाचन, लेखा र अनुशासन आयोगमा नेतृत्व चयन गर्ने निर्णय गरेको सहमहामन्त्री हरि ढकालले बताए ।
जसअनुसार निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई कायम राख्ने निर्णय भएको छ । अनुशासन आयोग प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेल नियुक्त भएका छन् ।
केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, पत्रकार लगायतलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस