२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुबाइ हुने

बिहिवार , आषाढ १८, २०८३

काठमाडौँ  । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री पौडेल विशेष अदालतको आदेशले थुनामा छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्वन्ध देखिएको भन्दै अनुसन्धानका लागि पक्राउ गरेको थियो । ८ असारमा उनलाई पक्राउ गरिएको थियो । विशेषले पछिल्लोपटक असार १५ मा तीन दिन म्याद थप गरेको थियो ।

उक्त म्याद आज सकिँदै छ । पौडेलकी श्रीमती दोमाया पौडेलले सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै निवेदन दिएकी थिइन् । उक्त निवेदनमा यसअघि कारण देखाउ आदेश जारी गर्दै  विभिन्न फाइलहरु मगाएको थियो । 

सर्वोच्चमा आज हुने बहसले उनलाई थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छ ।  सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएमा पौडेलको हकमा म्याद थप हुने छैन नत्र विशेषवाट पुन: म्याद थप हुने छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट