२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

हस्पिटालिटी क्षेत्रमा लगानी बढ्दै

बेग्नास ताल क्षेत्रमा १ अर्ब १४ करोड लागतमा सुविधासम्पन्न लक्जरी रिसोर्ट  बन्दै

६४ वटा कोठा रहने, हङकङको विश्वप्रसिद्ध ‘आर्गिल होटल्स ग्रुप’ सँग फ्रेन्चाइज सम्झौता

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । पोखराको रमणीय पर्यटकीय गन्तव्य बेग्नास ताल क्षेत्रमा करिब १ अर्ब १४ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न लक्जरी वेलनेस रिसोर्ट निर्माण भइरहेको छ ।

वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिद्वारा प्रवर्द्धित ‘वाटफोर्ड वेलनेस रिट्रीट’ को निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । हाल सार्वजनिक गरिएको विवरणअनुसार परियोजनाले करिब ४८ प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ ।

रिसोर्टलाई सन् २०२७ जुलाई १७ देखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । कुल १ अर्ब १४ करोड ९० लाख रुपैयाँ अनुमानित लागत रहेको यो आयोजना ६०ः४० को ऋण–स्वपुँजी अनुपातमा निर्माण भइरहेको छ ।

प्रवर्द्धकहरूले आफ्नो तर्फबाट प्रतिबद्ध स्वपुँजीको करिब ८७ प्रतिशत रकम जुटाइसकेका छन् । यसअन्तर्गत ३० करोड रुपैयाँ चुक्ता पुँजी र ८ करोड ८६ लाख ४० हजार रुपैयाँ सेयर आवेदन रकम गरी कुल ३८ करोड ८६ लाख ४० हजार रुपैयाँ संकलन भइसकेको छ ।

आयोजनाका लागि यसअघि स्वीकृत ४० करोड रुपैयाँ बैंक ऋणलाई बढाएर ७० करोड रुपैयाँ पु-याउने तथा अर्को बैंकमार्फत  रिफाइनान्स गर्ने प्रस्ताव गरिएको छ । ६४ वटा कोठा रहने याे बुटिक रिसोर्टले हङकङको विश्वप्रसिद्ध ‘आर्गिल होटल्स ग्रुप’ सँग फ्रेन्चाइज सम्झौता गरेको छ ।

सो सहकार्यमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा तथा व्यवस्थापन उपलब्ध गराउँदै पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

unnamed.webp

कम्पनीको मुख्य स्वामित्व अन्तर्राष्ट्रिय होटल क्षेत्रमा २५ वर्षभन्दा बढी व्यवस्थापकीय अनुभव भएका पर्यटन व्यवसायी दिनेश कुमार कान्छासँग रहेको छ । यसले परियोजनाको व्यवस्थापन तथा सञ्चालन क्षमता बलियो रहेको संकेत गरेकाे छ ।

क्रेडिट मूल्याङ्कन संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले परियोजनाको ७० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधालाई ‘आईआरएन बीबी–’ तथा १ करोड ५० लाख रुपैयाँको अल्पकालीन बैंक सुविधालाई ‘आईआरएन ए–४’ श्रेणीको रेटिङ प्रदान गरेको छ ।

अनुभवी प्रवर्द्धक, अन्तर्राष्ट्रिय होटल ब्रान्डसँगको सहकार्यलाई सकारात्मक रुपमा हेरिएको छ भने यद्यपि बाँकी ऋणको वित्तीय व्यवस्थापन टुङ्ग्याउनु, निर्माण कार्य तोकिएको समय र लागतभित्र सम्पन्न गर्नु तथा होटल क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र पर्यटन व्यवसायको मौसमी उतारचढाव परियोजनाका प्रमुख चुनौतीका रूपमा रेटिङ कम्पनीले अथ्र्याएको छ ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट