२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

राजविराज–भारदह सडक निर्माण अलपत्र

बिहिवार , आषाढ १८, २०८३

राजविराज (सप्तरी) । राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले सडक अलपत्र परेका हो ।

निर्माण कार्य पूरा नभएपछि अलपत्र पारिएको सो सडकबाट निस्कने धुलो र दैनिक सञ्चालन हुने सार्वजनिक यातायातले छोड्ने धुवाँका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ ।

झलहीदेखि हनुमाननगर कङ्कालिनी नगरपालिकाको इनर्वासम्मको आठ किलोमिटर सडक ठेकेदारले भताभुङ्ग छोडिदिएका कारण धुलोबाट सर्वसाधारण हैरानी भएका हुन् । “राजविराज–भारदह सडकखण्डको ठेक्का लागेको लामो भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । सडक खनेर छाडिएको छ”, राजविराज नगरपालिका–११ स्थित झलहीका श्रवण यादवले गुनासो गरे ।

उनले भने, “राजविराजबाट पूर्वतर्फ विराटनगर र धरान जानका लागि यही राजविराज–भारदह सडक मुख्य बाटो भएकाले खनिएको सडकमा दैनिक चल्ने सवारीसाधनका कारण सडकमा हिँड्नेदेखि साइकलयात्री तथा सर्वसाधारणलाई मर्का परेको छ ।”

सडक डिभिजन कार्यालय लहानमार्फत रु २२ करोड ५३ लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटकपटक थपिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट