२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन नेपाली सेनाकाे प्रयाेग

आइतवार , आषाढ २१, २०८३

काठमाडाैँ । सरकारले नेपाली सेनाकाे प्रयाेग गरेर विगत लामो समयदेखि ठप्प रहेको हेटौँडा कपडा उद्योग ब्युँताएकाे छ ।

२०६९ साल माघ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको यस उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले सेना प्रयाेग गरेकाे हाे । अहिले सेना प्रयाेग गरेर परीक्षण उत्पादन गर्न  थालिएकाे सरकारी अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको थियाे ।

मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिसँगै उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको समेत गर्जो टरेको छ । अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेकाले उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनाले सम्हालेको  उद्योग सचिव कृष्णबहादुर राउतले बताए । उनका अनुसार सेनामार्फत परीक्षण उत्पादनको कार्य अहिले तीव्र रूपमा अघि बढिरहेको छ ।

"नेपाल सरकारको स्वीकृति प्राप्त भएपछि अर्थ मन्त्रालयबाट बजेटको निकासा पनि भइसकेको छ। त्यसैले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ," राउतले भने ।

यस्तै सरकारले सात वटा रुग्ण उद्योग समेत चलाउने भएकाे छ । सरकारले हेटौँडा कपडा उद्योगबाहेक देशका अन्य बन्द तथा धराशयी बनेका उद्योगहरूको अवस्थाबारे पनि अध्ययन सुरु गरेको छ ।

पछिल्लो समय सरकारी स्वामित्वमा रहेका तर हाल बन्द वा रुग्ण अवस्थामा पुगेका सात वटा उद्योगहरूको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन (डीडीए) गर्ने काम भइरहेको छ ।

यी उद्योगहरूलाई आगामी दिनमा कसरी सञ्चालन गर्ने भन्ने कुरा डीडीए रिपोर्टमा निर्भर रहने सचिव राउतले बताए । डीडीएको रिपोर्ट प्राप्त भएपछि ती उद्योगहरूलाई कुन उपयुक्त मोडालिटी (जस्तै: निजी-साझेदारी, सरकारी वा अन्य) मा सञ्चालन गर्ने भन्नेबारे सरकारले ठोस निर्णय गरेर अगाडि बढ्ने रणनीति बनाएको छ ।

सरकारले सञ्चालनमा रहेको सरकारी स्वामित्वकै उदयपुर सिमेन्ट उद्योग लिमिटेडको समस्यालाई पनि सम्बोधन गरेको छ । उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको स्रोत मानिने खानीहरूको म्याद सकिएकाले उद्योग सञ्चालनमा परेको बाधा फुकाइएको राउतले बताए ।

नेपाल सरकार मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुङ्गा खानी र रातो माटो खानीको म्याद सकिएको लाइसेन्सको अवधि थप्ने (नवीकरण गर्ने) निर्णय गरिसकेको छ । यस निर्णयले उद्योगलाई आवश्यक कच्चा पदार्थको आपूर्ति निरन्तर भई उत्पादनमा सहजता आउने राउतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट