काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले कम्पनीको करिब २५ हजार कित्ता शेयर बिक्री गर्नका लागि सूचना जारी गरेको छ ।
एक सूचना जारी गर्दै कम्पनीले संस्थापक समूहको २४ हजार ८९८ कित्ता शेयर बिक्रीमा राखिएको जनाएको हो । हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।
निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
यो सेयर हाललाई संस्थापक सेयरधनीका लागि मात्रै जारी गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस