२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट: सुन तोलामा ४०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु चार हजार ४५० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट