२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

टेरामक्स खरिद प्रकरण पूर्वमन्त्री बस्नेतले पाए सफाइ, प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर सहित तीन लाई कैद सजाय

सोमवार , आषाढ २२, २०८३

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।

अदालतले उक्त खरिद प्रक्रियामा बस्नेतको संलग्नता पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै उनलाई आरोपबाट सफाइ दिएको हो।

 त्यस्तै विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ ।

उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ ।

अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो । अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको छ । उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएकोले थप सजायको राय तयार पारेको हो । अदालतले विस्तृत फैसला पछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट