२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

आज २०८१ साल मंसिर १३ गते बिहीबारको राशिफल

बिहिवार , मंसिर १३, २०८१

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। अप्ठेरो बोलीले व्यवहारमा समस्या हुने जोखिम छ। हरेक कामका लागि स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। अप्रिय खबरले खानामा अरुचि बढ्नेछ। परिवारसँगको सम्बन्ध दरिलो बन्ने योग छ।

मिथुन : दिन सहज छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ। परिवारको साथ मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : दिन सामान्य छ। साना कुरामा झन्झट बढ्नेछ। साथीले साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। व्यापारमा तपाईंको दिन सहज रहेको छ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन सहज छ। दाजुभाइसँगको परामर्शमा गरेको निर्णयले सफलता प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। मन शान्त हुनेछ।

कन्या : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। नाफामुखी क्षेत्रमा लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। अरुलाई खराब भन्नुभन्दा आफूले आफ्नो बानीमा सुधार गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : तपाईंका राशिमा प्रभावकारी चन्द्रमा पुगेका छन्। सोचेका काम बन्नेछन्। मनमा खुशी मिल्नेछ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने शैली परिवर्तन गर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। वक्र गतिमा रहेका बुध तपाईंकै लग्नमा बसेका छन्। साना कुरामा ठुलो झन्झट हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट नाफा हुनेछ। परिवारमा साना कुरामा मनमुटाव हुनसक्छ। बिहान गणेशको चिन्तन गरेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। राज्यको नोकरीमा भए बढुवा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सहज छ। स्वास्थ्यले साथ दिएको छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सबै काम सहजै बन्नेछन्।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा देखिएका विकल्पबाट मन खुशी हुनेछ। कुण्डलीमा शनिदेव सकारात्मक भए उन्नति हुनेछ। ३, ६ र ११ औं स्थानमा शनिदेव भएमा दिन सहज बन्नेछ।

मीन : दिन सहज छ। निजी वा एक्लो प्रयासले गरेका काम सहजै बन्नेछन्। साथीले दिएको सल्लाह खराब हुनसक्ने भएकाले सचेत बन्नुपर्नेछ। आज एकल निर्णय तपाईंका लागि फलदायी हुनेछ। गणेशको पूजा गरेर सुरुवात गरेमा दिन सहज बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट