२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै, मूख्य एजेण्डा प्रधानमन्त्रीको चीन भ्रमण

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा यही मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणलगायतका एजेण्डामा छलफल हुने छ । साथै भ्रमण स्वीकृत गरिने पनि बताइएको छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा आज अपराह्न चीन प्रस्थान गर्दैछिन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट