२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल

शुक्रवार , मंसिर १४, २०८१

मेष : सञ्चित धन खर्च हुने दिन छ। तपाईंको उत्साह खोसिने जोखिम छ। साना कुराले मन अशान्त हुनसक्छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सहज छ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। विदेशी शिक्षा प्राप्त गर्ने चक्कर बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शुभ ग्रहको बहुमत भएकाले प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुन : अनुत्पादक क्षेत्रको लगानीले तपाईंलाई दुःखी बनाउने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : थोरै बोलेर अगाडि बढ्ने दिन छ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। गुरुकुलको शिक्षाप्रति सुझाव बढ्नेछ। धार्मिक शिक्षाले मन शान्त बन्नेछ। परिवारले हरेक ठाउँमा निगरानीमा राख्नेछन्।

सिंह : दिन सहज छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कन्या : दिन सहज छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। एकल निर्णय गर्नु भन्दा दाजुभाइको सल्लाहमा अगाडि बढ्नु सहज हुनेछ। परिवार भित्रबाट भन्दा बाहिरबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बोली र व्यवहारलाई पारदर्शी बनाउनु आवश्यक देखिन्छ। आम्दानीका क्षेत्र धेरै भएपनि एउटा बाटोलाई दीर्घकालीन बनाउनु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। सानो कुराले परिवारमा भने झन्झट आइपर्ने जोखिम छ।

धनु : दिन सहज छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको भय भने कायमै रहेको छ।

मकर : अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत भएकाले साथीको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले थोरै बोल्नु फाइदाजनक हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यवहारिक समस्या भए पनि शनिदेवको शान्तिका लागि शिवभजन सुनेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दैनिकी सहज भए पनि खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा साथीले आलोचना गर्नेछन्। बिहान उठेर गणेशको भजन मात्र सुनेमा दिन सहज बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट