२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

शनिवार , मंसिर १५, २०८१

काठमाडौँ । बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट