२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

सोमवार , आषाढ १, २०८३

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ ।

आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा रु १२० ले बढेको छ । आइतबार प्रतितोला रु चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५ निर्धारण भएको छ ।

शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट