२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई सन्दर्भअनुसार बुझ्नुपर्छ : सरोज मिश्र

आइतवार , जेठ १७, २०८३

काठमाडौं । सरोज मिश्रले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको अभिव्यक्तिलाई सन्दर्भअनुसार बुझ्नुपर्ने बताएका छन् ।

"सन्दर्भभन्दा बाहिरको राजनीति र सामाजिक सञ्जालको हल्ला" शीर्षकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले व्यक्तिगत रूपमा विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (मु.अ.क.) लगाउने पक्षमा नरहेको उल्लेख गरेका छन् । तर नीति, कर व्यवस्था वा प्रशासनिक निर्णयसँग असहमति राख्नु र राष्ट्रिय विषयमा व्यक्त गरिएका विचारलाई निष्पक्ष रूपमा सुन्नु दुई फरक कुरा भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादको सन्दर्भमा व्यक्त गरेको “Nothing should be under the carpet” भन्ने आशयको अभिव्यक्ति सरल, स्पष्ट र सान्दर्भिक लागेको उनी बताउँछन् । राष्ट्रिय सरोकारका विषयहरूलाई लुकाएर नभई खुला संवाद, तथ्य र कूटनीतिक परिपक्वताका साथ उठाइनुपर्छ भन्ने सन्देश उक्त अभिव्यक्तिमा रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा केही समूह वा व्यक्तिले कुनै अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरी प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार कुनै एउटा वाक्यलाई काटछाँट गरेर त्यसको मूल आशय कमजोर बनाउने र राजनीतिक लाभ–हानिको दृष्टिकोणबाट मात्र हेर्ने अभ्यासले स्वस्थ बहसभन्दा बढी भ्रम र विभाजन सिर्जना गरिरहेको छ ।

नेपालको राजनीति विभिन्न शक्ति केन्द्र, विचार समूह र स्वार्थहरूको प्रभावमा चल्दै आएको उल्लेख गर्दै उनले नयाँ वा फरक शैलीका अभिव्यक्तिलाई तत्काल विवादको विषय बनाउनु भन्दा त्यसको सन्दर्भ, उद्देश्य र सम्भावित प्रभावलाई बुझ्न आवश्यक रहेको बताएका छन् । लोकतन्त्रमा प्रश्न र आलोचना गर्न पाइने भए पनि आलोचना तथ्यमा आधारित र इमानदार हुनुपर्ने उनको धारणा छ ।

उनले नागरिकले सरकारका निर्णयको विरोध गर्न सक्ने भए पनि राष्ट्रिय महत्वका विषयमा आएका अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गर्दा सार्वजनिक संवादको स्तर कमजोर हुने बताएका छन् । अहिले आरोप–प्रत्यारोपभन्दा बढी परिपक्व बहस, तथ्यमा आधारित समीक्षा र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने राजनीतिक संस्कृतिको आवश्यकता रहेको उनको भनाइ छ ।

विचार फरक हुन सक्ने भए पनि सत्य र सन्दर्भलाई सम्मान गर्ने बानी विकास गर्न सके लोकतान्त्रिक अभ्यास अझ बलियो बन्ने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट