काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँगको भेटघाट फलदायी भएको बताएका छन् ।
मोदीसँग भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले करिब एक घण्टा लामो वार्तालापमा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
उनले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्ने धारणा राख्दै विगतका चुनौतीहरू पार गर्दै भविष्यका सम्भावनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
‘नेपाल र भारतले साझा सभ्यता, डिजिटल करिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित हुँदै प्रगति र पारस्परिक विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छन्,’ लामिछानेले भनेका छन् ।
दुवै देशका जनताको साझा समृद्धिका लागि यी सम्भावनालाई व्यवहारमा उतार्न आफूहरू तयार रहेको उनको भनाइ छ । उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहकार्य आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस