चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गर्न सुझाव दिएका छन् ।
रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गर्दै गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्ने बताए ।
त्यस्तै, उनले रास्वपालाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न पनि सुझाव दिए । छोटो समयमा हासिल गरेको उपलब्धिलाई रास्वपाले सङ्गठित र व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस