काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताएका छन् ।
आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टी रास्वपाको दुश्मन नभई प्रतिस्पर्धी भएको बताएका छन् । सभापति थापाले रास्वपाको अग्लाइ देखेर आफूलाई लोभ लागेको पनि बताए ।
उनले आफूहरु पनि मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहेको बताए । त्यस्तै, उनले आफूहरु पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहेको पनि बताए ।
रास्वपाबाट कांग्रेसले सिक्ने धेरै कुराहरू रहेको स्वीकार गर्दै थापाले इतिहासलाई भने पूर्णतः नकार्न नमिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस