काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् । उनी सोमबार सुर्खेतबाट पक्राउ परेका हुन् । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेतमा थिए ।
स्रोतका अनुसार उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको हो ।
उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको छ ।
उनी हाल बस्ने काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।
प्रतिक्रिया दिनुहोस