२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

कृषि मन्त्री गीता चौधरीले गरीन् रास्वपाको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा

सोमवार , आषाढ ८, २०८३

चितवन । कृषि तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार उनले निकटस्थ नेता कार्यकर्तासँग केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

“संघर्षबाट यहाँसम्म आइपुगेकी हुँ । किसान, भूमिहीन र सीमान्तकृत समुदायको आवाजलाई नेतृत्व तहसम्म पुर्याउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । समावेशी र जनमुखी पार्टी निर्माणका लागि प्रतिनिधिहरूको साथ र समर्थनको अपेक्षा गरेकी छु,” उनले भनिन् ।

कञ्चनपुरकी स्थायी बासिन्दा तथा हाल नेपाल सरकारकी कृषि तथा वातावरण मन्त्री रहेकी ३३ वर्षीया चौधरीले पार्टीलाई थप समावेशी, किसानमैत्री र जनमुखी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन् ।

उम्मेदवारी घोषणा गर्दै चौधरीले आफू सामान्य किसान परिवारमा जन्मिएर अभाव, संघर्ष र सामाजिक विभेद पार गर्दै यहाँसम्म आइपुगेको बताइन् । थारु समुदायकी छोरीका रूपमा सीमान्तकृत वर्ग, भूमिहीन, किसान तथा तल्लो तहका नागरिकको पीडा आफूले नजिकबाट भोगेको उल्लेख गर्दै उनीहरूको आवाज पार्टीको नेतृत्व तहसम्म पु¥याउन उम्मेदवारी दिएको उनले बताइन् । पार्टीलाई थप समावेशी, किसानमैत्री र जनमुखी बनाउन आफूलाई मत र समर्थन गर्न उनले महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरिन् ।

गीताको बाल्यकाल आर्थिक अभावमा बितेको थियो । साहुसँग ऋण लिएर अध्ययन गर्नुपरेको अवस्थाबीच उनले कानुन विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी हुन् । कानुन व्यवसायमा प्रवेश गरेपछि उनले आफ्नो पेसालाई आम्दानीको माध्यम मात्र नभई सामाजिक न्यायको अभियानका रूपमा अघि बढाइन् ।

अधिवक्ताका रूपमा उनले कञ्चनपुर तथा आसपासका क्षेत्रमा १५० भन्दा बढी गरिब, दलित तथा सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेकी छन् । विशेषगरी घरजग्गा विवाद, घरेलु हिंसा तथा नागरिक अधिकारसँग सम्बन्धित मुद्दामा उनले सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । त्यसकै कारण पछिल्लो समय उनी कानुन व्यवसायी तथा सामाजिक न्यायका पक्षधर व्यक्तित्वका रूपमा परिचित बनेकी हुन् ।

राजनीतिक रूपमा चौधरी २०६२–०६३ को जनआन्दोलन पछि सक्रिय भएकी हुन् । उनले तत्कालीन नेकपा (एमाले) निकट अनेरास्ववियु मार्फत विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । सांसद बन्नु अघि अदालतमा बहस र सडक आन्दोलन मार्फत न्यायको पक्षमा उभिने नेतृका रूपमा उनको पहिचान बनेको थियो ।

पार्टीभित्र समावेशी प्रतिनिधित्व र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने बहसका बीच उनको उम्मेदवारीलाई महत्त्वका साथ हेरिएको छ ।

WhatsApp Image 2026-06-22 at 3.58.37 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट