२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा महाधिवेशनः ३ हजार ८४९ प्रतिनिधि कायम

मंगलवार , आषाढ ९, २०८३

 
चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । 
 
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त संख्या निर्धारण भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रतिनिधि कोशी प्रदेशबाट रहेको छ । 
 
कोशीबाट ५ सय ५१ ज्ना प्रतिनिधि रहेका छन् । त्यस्तै लुम्बिनीबाट ५२२,मधेशबाट ५४०, वागमतीबाट ५०२, गण्डकीबाट ३५६ र कर्णालीबाट ३४३ रहेको छ । विभाग र मनोनीत सहित गरी कुल प्रतिनिधि संख्या ३ हजार ८४९ पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट