२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगियो

मंगलवार , आषाढ ९, २०८३

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि आज विशेष सरकारी वकिलको कार्यालयमा लगिएको छ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई सडक मार्ग हुँदै आज बिहान काठमाडौँ ल्याइएको हो।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन माइतीघरस्थित विशेष सरकारी वकिलको कार्यालयमार्फत विशेष अदालतमा पेस गर्ने तयारी गरिएको छ।

पौडेललाई सोमबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि पक्राउ गरी बुझाउन प्रहरीलाई पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

विशेष अदालतमा म्याद थपको प्रक्रिया पूरा गरेपछि उनलाई विभागको जिम्मा लगाइने र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइने कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट