२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

मंगलवार , आषाढ ९, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरिएको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो ।

निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक–एक जना प्रस्तावक अनिवार्य गरिएको छ । सभापतिका लागि ५१ जना समर्थक र २१–२१ जना समर्थक अनिवार्य गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ ।

उनले भने, “नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो ।” देशकै ठूलो पार्टीका रूपमा रास्वपाको सङ्गठन सञ्चालनका लागि क्षमतावान र योग्य समूह आवश्यक भएकाले सोहीअनुसार छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए ।

यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उनको भनाइ छ । सङ्गठन विस्तारमा सक्रिय रहेकाहरूलाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने उनले बताए । आज बन्दसत्र समाप्त भएपछि निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट