काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ ।
बन्द सत्रमा राजनीतिक, सांगठनिकलगायत विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।
सभापति रवि लामिछाने आएसँगै बन्द सत्र सुरू भएको हो । वरिष्ठ नेता बालेन शाह भने बन्द सत्र हलमा आइसकेका छैनन् ।
बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।
प्रतिक्रिया दिनुहोस