२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

११ महिनामा भित्रिए साढे १० हजारभन्दा बढी विद्युतीय गाडी, २५ अर्ब ५६ करोड बाहिरियो

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । चालु आर्थिक वर्षको  प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । 

उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका  ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा  विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका  ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट